मदन भण्डारीको सालिक तोडफोड, संलग्न पत्ता लागेन

काठमाडौं– रामेछापको खाँडादेवी गाउँपालिका ५ मा निर्माण भएको मदन भण्डारीको सालिक दसैंको मौका पारेर तोडफोड गरिएको छ। पकरवासको सल्लेनी वनको बिचमा रहेको उक्त सालिक अष्टमीको राति तोडफोड गाउँपालिकाले जनाएको छ।

मन्थली गाल्वा सडकसँग जोडिएको मदन भण्डारी पार्कमा भण्डारीको बसेको पूर्ण कदको सालिक निर्माण गरिएको थियो। सालिकको एउटा खुट्टा भाँचेर फालिएको छ भने अन्य भागमा ढुंगाले प्रहार भएको जनाईएको छ।

तोडफोड कसले गरेको हो भन्ने खुलेको छैन। उक्त सालिक वाग्मती प्रदेश सरकारले बनाएको थियो । सालिकको निर्माण गत वर्ष मात्रै सम्पन्न भएको हो। नेकपा एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले सालिक तोडफोड गर्ने कार्य निन्दनीय भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट