२० दिनको आफनै छोरो बन्धक बनाएर मार्ने धम्की, उद्वार गर्न गएका डीएसपीमाथि छुरा प्रहार

राजविराज– बाँकेको कोहलपुर–२, दीपनगरका एक ब्यक्तिले आफनै २० दिनको छोरालाई बन्धक बनाएर मार्ने धम्की दिएपछि उद्वार गर्न पुगेका डीएसपी सुन्दर तिवारी छुरा प्रहार भएको छ।

नवजात छोरा बन्धक बनाएर राखेका कुशल थापाले तिवारीमाथि छुरा प्रहार गरेका छन्। छुरा लागेर डीएसपी तिवारी घाईते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

कुशलले तिवारीलाई लक्षित गरी छुराको झटारो हानेका थिए। छुरा तिवारीको दाहिने हातको कुहिनामा लागेको छ।

कुशलले गएराती करिब ११ बजेदेखि छोरालाई घरभित्रै बन्धक बनाएका छन्। उनले सवै झ्यालढोका लगाएका कारण परिवारका सवै सदस्य घरवाहिर नै छन्। छोरो मार्ने धम्की दिन थालेपछि आफन्तले नै उद्वारका लागि प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरी टोलीसहित पुगेका डीएसपी तिवारीले कुशललाई झ्यालबाटै सम्झाउने प्रयास गरे। तर, उनले नमानेपछि वल प्रयोग गर्दा उनी स्वयमलाई नै छुरा लागेको प्रहरीले जनाएको छ।

कुशललाई प्रहरीले पक्राउ गरेको छ। परिवारको भनाइ उनुसार कुशलले मानसिक सन्तुलन गुमाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट