फाईनलमा नेपालको खराव प्रदर्शन, बलर र ब्याट्सम्यान दुवै नचल्दा यूएईसँग पराजित

काठमाडौं– त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग नेपाल ४ विकेटले पराजित भएको छ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको आयोजक राष्ट्र नेपालले उपाधिका लागि यूएईलाई १६३ रनको लक्ष्य दिएको थियो। यूएईले उक्त लक्ष्य अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो।

यूएईको जितमा कप्तान मुहम्मद वसिमले ४५ र वृत्य अरविन्दले २६ रन बनाए । अर्का ओपनर आर्यान्श शर्माले २५, वासिल हमिदले अविजित २२ र आयान अफजल खानले अविजित ५ रनको योगदान गरे।

नेपाली टोलीका बलर गुल्सन झा र अविनाश बोहराले दुई—दुई विकेट लिए । कुशल मल्लले पनि एक विकेट हात पारे ।

यसअघि नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १६२ रन बनाएको थियो। नेपालले अन्तिम ओभरमा समेत गतिलो रन बटुल्न सकेन । नेपालले अन्तिम ओभरमा दुई रन मात्र बनाएको थियो ।

करण केसी २३ रन, अविनाश बोहरा शून्य, कुशल भुर्तेल ५०, आसिफ शेख, ७, कुशल मल्ल १, कप्तान रोहित पौडेल १८, दीपेन्द्रसिंह ऐरी २०, सन्दिप जोरा १०, गुल्सन झा ५ र सोमपाल कामी १३ रन वनाएर आउट भएका थिए।

यूएईका आयान खानले ३ तथा अली नासीर र जाहुर खानले नेपालको २–२ विकेट लिएका थिए।

फाइनलमा नेपाली टोलीका मध्यक्रमका ब्याट्सम्यानहरु खासै प्रभावकारी देखिएका थिएनन्। नेपाली बलरहरुले पनि प्रारम्भमा यूएईलाई निकै बढी रन दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट