मोटरसाईकल चोरको पिछा गर्दा दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

बिरगञ्ज– बारामा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भएका प्रहरी जवानको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत प्रहरी जवान आकाश सुनारको मृत्यु भएको छ। निजगढमा भएको मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको बाराका एसपी सुशप्रसाद काफ्लेले जानकारी दिए।

ज१२प ७१५४ नम्बरको मोटरसाइकलमा निजगढ–८ बाट जीतपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ जाँदै गर्दा सुनार दुर्घटनामा परेका हुन्।

मोटरसाइकल उनी आफैँले चलाएका थिए। उनी मोटरसाइकल चोरको पिछा गर्दै जाँदा दुर्घटनामा परेका जनाईएको छ। दुर्घटनामा टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका सुनारलाई प्रादेशिक अस्पताल कलैयामा भर्ना गरिएको थियो।

त्यहाँ उपचार हुन नसेपछि एलएस न्यूरो अस्पतालमा लगिएका उनको उपचारकै क्रममा क्रममा शनिबार दिउँसो मृत्यु भएको एसपी काफ्लेले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट