लागु औषधको प्रयोगले निम्त्याएको दुर्घटनाः दुई जना मिलेर साथीकै हत्या

जनकपुर– लागु औषधको नसामा झगडा हुँदा जनकपुरमा दुई जना मिलेर आफनै साथीको हत्या गरेको घट्ना सार्वजनिक भएको छ।

प्रहरीले हत्यामा संलग्न धनुषाको औरही गाउँपालिका–६ चक्कर टोल (हाल जनकपुरधाम–२४ बसहिया) का पवन सहनी र जनकपुरधाम २४ बसहिया मुसहरी टोलका हरिचन मण्डललाई पक्राउ गरेको पछि घट्नाको तथ्य वाहिर आएको छ।

उनीहरुले जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाडाका रुपेश महरा चमारको हत्या गरेको प्रहरीको आरोप छ। कात्तिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा उनकै साथीद्वय सहनी र मण्डलको संलग्नता रहेको पुष्टि भएको छ।

प्रहरीका अनुसार जटहीस्थित नेपाल भारत सीमा पारीबाट लागूऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएको थियो। झगडाकै क्रममा हरिचनले रुपेशको टाउकोमा पछाडिबाट भाटाले प्रहार गरेपछि मृत्यु भएको हो।

घटनाका क्रममा मृतकले प्रयोग गर्ने साइकल, मोबाइल सेट, घटनामा संलग्न रहेका हरिचनले हत्या गर्ने समयमा प्रयोग गरेको टिसर्ट, बाँसको भाटा, पवन सहनीको मोबाइलसमेत जिल्ला प्रहरी कार्यालय धनुषाले बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट