रुसी संगीतकारले ३१ वर्ष कान्छो धर्मपुत्रसँग विवाह गरेपछि…

काठमाडौं– रुसमा एक ५३ वर्षीया महिलाले ३१ वर्ष कान्छो धर्मपुत्रसँग विवाह गरेकी छिन्। ८ वर्ष धर्मपुत्रका रुपमा पालेका २२ वर्षीय पुरुषसँग विवाह गरेपछि उनको तीव्र आलोचना भएको छ।

रिपब्लिक अफ टारास्टानमाकी चर्चित संगीतकार आईसीलू चिजेभ्सकाया मिंगालिमले उनका धर्मपुत्रसँग विवाह गरेकी हुन। आठ वर्षअघि काजानमा रहेको अनाथालयमा संगीत सिकाउँदा उनले १३ वर्षीय डानिललाई भेटेकी थिइन् ।

उनीजस्तै संगीतमा रुची राख्ने डानिल र आईसीलूले जोडी भएर काम गर्न थाले। डानिलले ‘यू आर सुपर !’ जस्ता रियालिटी शोमा पनि भाग लिए भने चर्चित रुसी गायक फिलिप किरकरोपसँग पनि काम गरे।

१४ वर्षको उमेरमा आईसीलूले डानिललाई धर्मपुत्रका रूपमा भित्र्त्याएकी थिइन्। त्यसयता दुवै सँगै बस्दै आएका थिए। तर, गत अक्टोबरमा भने दुईजनाले विवाह गरेको घोषणा गरेपछि धेरै जना चकित बने।

‘हाम्रो विवाह भिन्नै तहमा रहेको छ । हाम्रो परिवारलाई रचनात्मकताले जोडेको छ जसलाई कसैले तोड्न सक्दैन,’ आईसीलूले रुसी पत्रकारहरूसँग भनिन् । मानिसहरूले उनको अवस्थालाई बुझ्न नसकेको उनले जिकिर गरिन्।

रिपब्लिक अफ टारास्टानमा भने उनको चर्को आलोचना गरिएको छ। उनलाई देशको लागि धब्बा समेत भएको बताइएको छ। अधिकारीहरूले समेत उनले धर्मपुत्र बनाएका अन्य बालबालिकालाई उनीबाट खोसेर काजानका अनाथालयमा पुर्याएका छन् ।

यता आईसीलूले भने उनको र डानिलको सम्बन्ध शारीरिकभन्दा बढी आध्यात्मिक भएको बताएकी छन् । यसलाई धेरैले बुझ्न नसकेकोमा उनले गुनासो गरिन् ।
एजेन्सीको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट