अभिनेत्री श्वेता खड्काको स्टन्टले सिन्धुपाल्चोकको माझी वस्ती लिलामीको जोखिममा

काठमाडौं– अभिनेत्री श्वेता खड्काले समाजसेवाको नाममा स्टन्ट गर्दा सिन्धुपाल्चोकको सिङ्गो माझी वस्ती लिलामीको जोखिममा परेको छ। चौतारा साँगाचोकगढी नगरपालिका–१४, झ्याडीस्थित माझी बस्तीमा जम्मा ५३ घर छन।

०७२ सालको भूकम्पले तहसनहस भएको उक्त माझी वस्तीमा अहिले एकै आकार र एकै रङका घर बनेका छन्। चिटिक्क देखिने यो वस्ती अहिले स्वेताकै कारण बैंकको लिलामीमा चढ्ने खतरा वढेको छ।

भुकम्पपछि पुनर्निर्माण प्राधिकरणले माझी वस्तीको घर पुनर्निमाका लागि जनही ३ लाख रुपैयाँ ऋण दिएको थियो। तर, सोही समयमा अभिनेत्री खड्काले वस्ती निर्माण गर्न जनही ४ लाख रुपैयाँ दिने घोषणा गरिन।

खड्काले माझी वस्ती पुनर्निण गर्न ‘स्वेताश्री फाउन्डेसन’ को नाममा तत्कालीन लक्ष्मी बैंक चौतारा शाखाबाट ऋण लिईन। तर, बैंकबाट ऋण लिँदा फाउन्डेसनले धितोका रुपमा माझी बस्तीलाई नै बैंकमा राखिदियो। पुनर्निमाण प्राधिकरण र बैंकबाट प्राप्त भएको रकम गरी ७ लाख रुपैयाका दरले ५३ वटा घर निर्माण भए।

यही ऋणका कारण अभिनेत्री खड्काले बस्ती आफूले बनाएको दाबी गरिन। तर उनले अहिले बैंकको ऋण नर्तिदा सिङ्गो माझी बस्ती लिलामीको जोखिममा पुगेको छ। खड्काले लामो समयदेखि बैंकबाट लिएको अढाई करोड ऋणको सावा तथा ब्याज नतिरेको जनाईएको छ।

किस्ता नतिरेपछि लक्ष्मी सनराइज बैंकले ४ असोज ०८० मा लिलामी प्रक्रियाको सूचना निकालेको थियो। रकम फाउन्डेसनले तिरिदिने गरी भएको सम्झौता अनुसार किस्ता र ब्याज नतिर्दा लिलामिको प्रकृया अघि वढेको बैंकले जनाएको छ।

त्यस विरुद्ध स्थानीयहरु उच्च अदालत पाटन पुगे। उच्च अदालतका न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै २४ कात्तिकसम्म सूचना कार्यान्वयन नगर्न भनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट