जाजरकोटमा फेरी ५.८ म्याग्निच्युडको शक्तिशाली भुकम्प
काठमाडौं– जाजरकोट लगायतका क्षेत्रमा आज फेरी ५.८ म्याग्निच्युडको भुकम्प गएको छ। दिउँसो ४ बजेर ३१ मिनेटमा उक्त भुकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पहिलो पराकम्प महसुस भएको ९ मिनेटपछि ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको अर्को झट्का महसुस गरिएको हो ।
शुक्रबारको भूकम्पले १२ जनाको मृत्यु भएको भेरी नगरपालिकाको राउतगाउँमा सोमबार ३ वटा घर भत्किएका छन । शुक्रबारको भूकम्पबाट जोगिएका धेरै घर सोमबारको भूकम्पले भत्काएको स्थानीयले जानकारी दिए ।
राउतगाउँमा भूकम्पमा परी एकजना घाइते भएका छन् । राउतगाउँ वरपरकै गाउँहरु भरावन र गैरी क्षेत्रमा पनि घरहरु भत्किएका छन् । शक्तिशाली परकम्प आउँदा ठूलो आवाज आउनुका साथै गाउँभरि नै घर भत्किएर धुलो उडेको देखिन्थ्यो ।
भूकम्पले थप घरहरु भत्किएको र मानिस समेत घाइते भएको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट राउतगाउँको टोली गाउँघरतिर गएको छ ।
भूकम्पको झट्कासँगै मानिसहरू त्रसित भएका छन् । भुकम्पले गरेको क्षतीको थप विवरण आईरहेको प्रहरीले जनाएको छ।
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
