टिकटकमा स्तन देखाएर चर्चामा आएकी माओवादी नेतृ रास्वपा प्रवेश गर्दै

काठमाडौं– टिकटकमा स्तन देखाएर चर्चामा आएकी माओवादी नेतृ शान्ति बराल रवि लामिछाने नेतृत्वको रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) मा प्रवेश गर्न लागेको हल्लाले सामाजिक सञ्जाल तातिएको छ। फेसबुक, ट्वीटर तथा टिकटकमा शान्तिको पार्टी प्रवेशलाई लिएर टिप्पणीहरु भईरहेका छन्।

तर, रास्वपाका नेताहरुले भने त्यसलाई सत्य नभएको बताएका छन्। ‘पहिले नै एकचोटि कुरा भएको थियो । तर, उहाँको छविका कारण हामी त्यति उत्साहित भएनौं’ एक नेताले भने–‘अब त झन् सम्भावना छैन।’

एक हप्ता अघि टिकटक लाइभका क्रममा बरालले ब्लाउज खोलेर आफ्नो स्तन टिकटक प्रयोगकर्तालाई देखाएकी थिइन्। उनको उक्त गतिविधिको चौतर्फी आलोचना भयो। त्यसपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको छ। बरालले नेपाली समाजको सामाजिक मर्यादा तथा पार्टीको सांस्कृतिक आचरण विपरित हर्कत गरेकाले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित निश्कासन गरिएको जनाईएको छ।

माओवादी केन्द्र सैनामैनाकी नेतृ तथा वाईसीएल सैनामैनाको अध्यक्ष समेत रहेकी बरालले कारवाहीमा परेपछि विज्ञप्ति निकालेर आफूलाई बद्नाम गर्न खोजिएको दावी गरेकी थिएन्। तर फेसबुक वालमा राखिएको उक्त विज्ञप्तिमा अधिकांश फेसबुक प्रयोगकर्ताले आफूहरुले लाइभ देखेको भन्दै झुठो विज्ञप्तिको अर्थ नभएको टिप्पणी गरेपछि विज्ञप्ति नै हटाएकी थिइन्।

बरालले मुख्यमन्त्री कार्यालयमा माओवादी जिन्दाबाद भन्दै बनाएको भिडियो समेत विवादित बनेको थियो।

को हुन शान्ति बराल ?
रुपन्देही सैनामैना निवासी शान्ती बराल माओवादीकी पुरानो र सक्रिय कार्यकर्ता हुन्। भूमिगतकालदेखि नै उनको माइती परिवार माओवादीमा थियो। जुनसुकै पार्टीका उच्च तहका नेताहरु जिल्ला आउँदा पनि एयरपोर्ट पुगेर फोटो खिचाउँछिन् र सकेसम्म टिकटक पनि बनाउँछिन्।

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि आफ्नो राम्रो सम्वन्ध रहेको उनी दावी गर्छिन्। ०७८ सालमा लुम्बिनीमा माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बनेपछि मुख्यमन्त्रीको कार्यालयभित्रै नाचेर टिकटक बनाएपछि उनी भाइरल बनेकी थिइन्। अहिले टिकटकमा उनलाई १४ लाखले पछ्याइरहेका छन् ।

कमेन्टमा उनको सौन्दर्य र जीउडालको प्रशंसा तथा भद्दा र अश्लील कुराहरु पनि आउने गरेका छन्।

परपुरुषसँग रङ्गेहात भेटिएपछि श्रीमानले छोडे
शान्ति विवाहित र दुई सन्तानकी आमा हुन। तर, श्रीमानसँग दुई वर्षअघि सम्वन्ध विच्छेद भएको छ भने हुर्किएका दुई सन्तान पनि बुबासँगै बस्दै आएका छन्। शान्ती सैनामैनामा भाडाको कोठामा एक्लै बस्छिन् ।

शान्तिलाई परपुरुषसँग भेटेपछि श्रीमानले डिभोर्स दिएको चर्चा छ । श्रीमानले पनि अर्को बिहे गरेका छैनन् । शान्तिको आयस्रोत त्यति पारदर्शी नभए पनि जीवनशैली भड्किलो छ । उनले विभिन्न ठेक्कापट्टाहरुको काम गरिरहेको र होटल÷रिसोर्टतिर पनि लगानी रहेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट