काठमाडौंमै १२ बर्षिया बालिका बलात्कृत, ६० वर्षिय वृद्ध पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका–७ गौरीघाटस्थित मिलन चोककी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। गौरीघाट नै बस्ने तारानाथ दुलाललाई प्रहरीले पक्राउ गरेको हो।

१९ असोजको साँझ साथीहरुसँग खेल्न भनेर घरबाट बाहिर निस्केकी बालिकालाई दुलाले आफ्नो घरको कोठामा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनले त्यसपछि पनि २६ असोजमा स्कूलबाट फर्कदै गरेकी बालिकालाई कोठामा लगेर बलात्कार गरेको पाईएको छ। सँगै खेल्दै आएका अन्य २ जना साथीहरुलाई घर पठाइ दिनको करिव साढे १२ उनले बालिकालाई कोठामा लगेको खुलेको प्रहरीले जनाएको छ।

पीडित बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरी अनुसार दुलालले एक हातले मुख थुनेर बलात्कार गरेको र कसैलाई भनिस् भने ठिक पार्छु भन्दै धम्की पनि दिएका थिए।

२ पटकसम्म दुलालबाट बलात्कार भएपछि पीडित बालिकाले आमालाई बताएकी थिईन। उनकै भनाईका आधारमा आमाले प्रहरीमा जाहेरी दिएकी हुन। दुलालले बालिकालाई बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

१९ असोजमा संवेदनशील अंगमा समाती तान्न खोज्दा इन्कार गरेकाले छोडिदिएको र २६ असोजमा बलात्कार गरेको दुलालले स्वीकार गरेका छन्। ‘असोज २६ गते दिउँसो साढे १२ बजेतिर उनी मेरो घर आएकी थिइन्। घरमा कोही थिएनन्। त्यसैको मौका पारी मैले उनलाई बलात्कार गरेको हुँ,’ दुलालले बयानमा भनेका छन्।

दुलालविरुद्ध २० वर्ष कैद माग दाबी गर्दै मुद्दा चलाइएको छ। मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसमार १० वर्षभन्दा माथि र १४ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरेमा १८ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट