खच्चरले ठक्कर दिँदा भेरी नदीमा खसेर कांग्रेस नेता वेपत्ता

काठमाडौं– जाजरकोटमा खच्चरको ठक्करबाट भेरी नदीमा खसेर एक जना कांग्रेस नेता वेपत्ता भएका छन्।

काँग्रेस नलगाड नगरपालिका १३ का वडा सभापति केशव मल्ल भरी नदीमा खसेर वेपत्ता भएका हुन।

आईतबार दिउँसो नदीमा खसेका मल्ल हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ।

आईतवार दिउँसो राहत सामग्री बोकेर नलगाड नगरपालिका–१३ मा हेलिकोप्टर ल्याण्ड गर्दा नजिकै रहेका खच्चरको समूह भागदौड हुँदा उनलाई ठक्कर लागेको थियो।

साँघुरो बाटोमा हिँडिरहेका मल्ल खच्चरले ठक्कर दिएपछि भेरी नदीमा खसेका थिए। उनको वारेमा हालसम्म पत्तो नलागेको प्रहरीको भनाई छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट