डाईस खेल्न अवरोध गरेपछि प्रहरीमाथि हातपात, मोटरसाईकल तोडफोड

इटहरी– तिहार लक्षित शान्ति सुरक्षाका लागि गस्तिमा रहेको प्रहरीमाथि संखुवासभाको खाँदबारीमा एउटा समुहले आक्रमण गरेको छ। आक्रमणकारी मध्येका ४ जना पक्राउ परेका छन्।

गस्तीमा रहेको प्रहरी टोलीले खाँदवारी ४ मा डाईस खेलाईरहेको देखेपछि त्यसलाई रोक्न खोजेको थियो। सोही क्रममा विवाद हुँदा डाईस खेलाउने समुहले प्रहरीमाथि हातपात गरेको थियो।

उदीहरु मध्येका केही प्रहरीको मोटरसाईकलसमेत तोडफोड गरेपछि ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

पक्राउ पर्नेहरुमा भीमबहादुर राई, खेदरकुमार राई, ईश्वर मंग्रान्ती र गर्बुराम राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी घनश्याम श्रेष्ठले बताए।


प्रतिक्रिया

One thought on “डाईस खेल्न अवरोध गरेपछि प्रहरीमाथि हातपात, मोटरसाईकल तोडफोड

  1. Next time I read a blog, Hopefully it does not fail me just as much as this one. I mean, I know it was my choice to read, nonetheless I genuinely thought youd have something useful to talk about. All I hear is a bunch of crying about something you could possibly fix if you werent too busy searching for attention.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट