बालकलाई घिच्चुकमा थप्पड हानेपछि वलिउड अभिनेता नाना पाटेकर विवादमा

काठमाण्डौं– एउटा बालकलाई थप्पड हानेको भीडीओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बलिउडका चर्चित अभिनेता नाना पाटेकर विवादमा परेका छन्। उक्त भिडिओ अहिले ट्वीटर लगायतका सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भीडिओमा उनले एक बालकलाई घिच्चुकमा थप्पड हानेको देखिन्छ। उक्त भिडिओ वाराणसीमा चलिरहेको फिल्म ‘जर्नी’ को सुटिङका क्रममा खिचिएको बताइएको छ।

आफ्नो भिडिओ भाइरल भएपछि नाना पाटेकरले एक्स (ट्वीटरमा) स्पष्टीकरण दिदै धेरै व्यक्तिले सामाजिक सञ्जालमा फैलिएको भिडिओको गलत व्याख्या गरिरहेको बताएका छन्। आगामी फिल्म ‘जर्नी’ को सुटिङको रिहर्सलका क्रममा भएको गलत बुझाइको परिणाम भएको उनको भनाई छ।

सुटिङका क्रममा बच्चालाई थप्पड हान्नु अभिनयकै एउटा पार्ट भएको उनले बताएका छन्। तर संयोगवश रिहर्सलका क्रममा अर्को बच्चा त्यहाँ आउँदा फिल्मको बच्चा ठान्दै थप्पड हान्न पुगेको उनको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट