कुटेर श्रीमतीको हत्या गरेको आरोपमा पूर्वप्रहरी भण्डारी पक्राउ

काठमाडौं– अछाममा श्रीमतीको हत्या आरोपमा एक जना पूर्वप्रहरी पक्राउ परेका छन्। मङ्गलसेन नगपालिका–३ लाछिमनाका शेरबहादुर भण्डारी पक्राउ परेका हुन्।
श्रीमती ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा प्रहरीले बुधबार शेरबहादुरलाई पक्राउ गरेको हो। उनले हालै मात्र नेपाल प्रहरीको जागिरबाट अवकाश भएका हुन्।
प्रहरीका अनुसार मृतक उर्मिलाको टाउको र शरीरका अन्य भागमा चोटपटक देखिएको छ। प्रारम्भिक अनुसन्धानबाट कुटपिटबाट उनको मृत्यु भएको देखिएको प्रहरीको भनाई छ।
जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकका अनुसार घट्नाको समयमा शेरबहादुरले मदिरा सेवन गरेको पाइएको छ।
प्रतिक्रिया