हुप्राचौरको झाडीमा सालनालसहितको शिशु भेटियो
भरतपुर– हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ। बच्चा रोइरहेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले शिशुको उद्वार गरी अस्पताल पु¥याएको छ। सालनाल सहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको छ। नवजात शिशुलाई मानवसेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको छ।
बच्चा कसले सडकमा ल्याएर फालेको हो भन्ने खुल्न सकेको छैन। प्रहरीले अनुसन्धमान भईरहेको जनाएको छ।
प्रतिक्रिया