गायिका एवम् एमाले नेतृ कोमल वलीलाई मातृ शोक

काठमाडौं– एमाले नेतृ कोमल ओलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा निधन भएको छ।

दीपाको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् । हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।

रोल्पामा १९९८ सालमा जन्मिएकी दीपा ओलीले सङ्कलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो। दीपा ओलीको सङ्कलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।

दीपा ललित ट्रस्टकी संरक्षक रहेकी दीपा ओली २०४३ सालमा राप्ती अञ्चल महिला संगठनमा उपसभापति भएकी थिइन् । उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन् । उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट