पतिबाट पैसा धुत्न आफ्नै २ वर्षीय छोराको अपहरण
काठमाडौँ– एक जना कोलम्बियाली महिलाले श्रीमानबाट पैसा धुत्न २ वर्षको बालक अपहरणको नाटक गरेकी छिन्।
नोभेम्बर १२ मा कोलम्बियाको बारान्किजाको दक्षिणमा रहेको क्यारिबे बेर्देमा एक बालक अपहरणमा परेको खबर आगो झैँ फैलियो। मोटरसाइकलमा हेलमेट लगाएर आएका २ जनाले सडकमा आमासँग हिँडिरहेको बालकलाई आमाको हातबाट थुतेर लगे।
प्रहरी घटनास्थलमा आएर आमासँग सोधपुछ गरे। अपहरणमा परेको बच्चाको हुलियासँग मिल्ने एक बालकलाई देखेको भन्दै प्रहरीमा जानकारी आयो। प्रहरी उक्त अपार्टमेन्टमा पुग्दा बच्चा उसकै आमाको साथीसँग रहेको थाहा भयो।
बालककी आमाले १७ वर्षीय आफ्नो साथीलाई केही दिन बच्चालाई हेरिदिन अनुरोध गरेकी थिइन्। सोही अनुरोध मानेर युवाले बालकलाई आफ्नो घर ल्याए। अपहरणमा परेको भन्ने बालक आफ्नो घरमा देखेपछि युवाको आमाले प्रहरीलाई खबर गरिदिइन्।
छोराको अपहरणको नाटक गरेर महिलाले बच्चाको पितासँग ६ करोड पेसा (१४ हजार ७०० डलर) उम्काउन खोजेकी थिइन्। अपहरणको बेलामा बच्चाको मातापिता सँगै थिए कि थिएनन् भन्ने स्पष्ट छैन।
बालक अहिले आफ्नो पिताको संरक्षणमा रहेको र आमा जेलमा अभियोगको सजाय कुरिरहेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
– एजेन्सी
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

