२ दिनअघि कृष्णभिरमा मृत भेटिएका पत्रकार ढकालले पोखरामा होटल बुक गरेर हिडेको खुलासा

राजविराज– दुई दिनअघि कृष्णभिरको जंगलमा मृत फेला परेका पत्रकार, गायक तथा मोडल प्रकाश ढकाल पोखरामा होटल बुक गर्न लगाएर हिडेको खुलेको छ।

स्याङ्जाको चापाकोट नगरपालिका–७, साखर घर भएका ढकाल धादिङको बेनीघाट रोराङस्थित कृष्णभीरमा मृत फेला परेका थिए। क्षतविक्षत अवस्थामा मंसिर ४ गते उनको शव फेला परेको थियो।

उनको एउटा आँखा निकालिएको छ भने टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव घनश्याम रिजालका अनुसार प्रकाशले २ दिनअघि मात्रै पोखरा आउन लागेको बताएका थिए ।

उनले पोखरामा होटल भन्दिन भनेपछि सम्पर्कविहीन भएको घनश्यामले वताए। उनको मृत्यु कसरी भयो ? भन्ने अझै खुलेको छैन। कतिपय कलाकारले उनको मृत्युलाई रहस्यमय भन्दै सत्य तथ्य छानबिनको माग गरेका छन् ।

ढकाल भाइटीका मनाएर बिहीबार घरबाट हिँडेका थिए । तर, शुक्रबार १ बजेदेखि उनी सम्पर्कविहीन भए । त्यसपछि उनको खोजबिन सुरु भएको थियो।

ढकाल लोकदोहोरी प्रतिष्ठान यूएई शाखाका पूर्वसहसचिव हुन्। उनी वैदेशिक रोजगारीका लागि दुबईमा छँदा सो जिम्मेवारीमा थिए। उनले करिब दुई दर्जन गीतमा अभिनय पनि गरेका छन्।

ढकालको दुई वर्षअघि श्रीमतीसँग पारपाचुके भएको थियो। उनीहरूका दुई सन्तान छन्। सन्तान आमासँग बस्दै आएका थिए। पारिवारिक कारणले ढकाल केही मानसिक तनावमा पनि थिए।

उनी विगत सात वर्षदेखि लालीगुराँस डट कममा मनोरञ्जन विट हेर्नेगरी संवाददाताका रुपमा कार्यरत थिए।

सम्बन्धित खबर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट