चार दिनदेखि वेपत्ता आमाछोराको शव खवाङको भीरमा भेटियो

काठमाडौं– चार दिनदेखि बेपत्ता रहेका प्युठानको नौबहिनी गाउँपालिका–३ खवाङमा आमाछोरा मृत अवस्थामा फेला परेका छन्। स्थानीय २२ वर्षीया रीमा बुढामगर र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगर बेपत्ता थिए।

उनीहरु दुवैको शव फेला परेको छ। घरदेखि झण्डै १५० मिटर परको भीरमा आमा छोराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका इन्स्पेक्टर हुमानन्द खनालले जानकारी दिए ।

उनका अनुसार आमाको शव शुक्रबार र छोराको शव शनिबार फेला परेको हो। आमाको शव भेटिएको ठाउँबाट ४० मिटर टाढा छोराको शव भेटिएको हो । उनीहरु दुबैजना कात्तिक २७ गतेदेखि हराइरहेका थिए ।

आमाछोरा हराएको खबर प्रहरीले छिमेकीहरुबाट पाएको थियो । शव भेटिएको खबर पनि प्रहरीलाई स्थानीय बासिन्दाले नै दिएका थिए । घट्नाको बारेमा थप जानकारी नआएको र अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ।

मृतक महिलाका श्रीमान भने घरमा नै रहेको खुलेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट