तीव्र गतिका दुई मोटरसाइकल ठोक्किँदा सिरहामा ३ जनाको मृत्यु

लहान– सिराहा सदरमुकाम सिरहामा बुधबार दुई मोटरसाइकल ठोक्किदा ३ जनाको मृत्यु भएको छ।

सिराहा नगरपालिकास्थित हुलाकी राजमार्गमा पर्ने सन्हैठामा बुधबार साँझ ७ बजे उक्त दुर्घटना भएको हो। स २ प ४७३१ नम्बरको मोटरसाइकल र प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा सिराहाकै अर्नमा गाउँपालिका ५ का २७ वर्षीय दिनेश कुमार यादव, ३२ वर्षीय रामबृक्ष यादव र १९ वर्षीय मुकेश सिंहको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी रविन्द्रराज पाण्डेका अनुसार दुर्घटनामा सोही ठाउँका १५ वर्षीय युवराज यादव गम्भीर घाइते भएका छन्।

उनलाई सिराहा प्रादेशिक अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि राति नै विराटनगरको न्युरो अस्पताल रेफर गरिएको छ।

दुबै मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर ठोक्किएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट