कोदो कुट्ने लाठोले हानेर हजुरबुबाको हत्या
विरगन्ज– पर्साको ठोरी गाउँपालिका–२ गौतमनगरको डाँडाटोल ३६ वर्षीय कृष्णबहादुर खड्काले आईतबार आफ्ना मामाघरका हजुरबुबाको हत्या गरेका छन्।
कृष्णले कोदो कुट्ने लाठोले हिर्काएर ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामाको हत्या गरेका हुन्। दिउँसोको साढे तीन बजे लाठोले हानेपछि हजुरबुबा बेहोस भई लडेका थिए।
बेहोसी अवस्थामै उनलाई उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र पु¥याएको थियो। त्यहाँ पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय ठोरीका इन्स्पेक्टर सन्तोष राईले जानकारी दिए।
हजुरबुबा लडेपछि भागेका खड्कालाई स्थानीयको सहयोगमा सिसौघारीमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। खड्कालाई इप्रका ठोरीको हिरासतमा राखी अनुसन्धान थालिएको राईले बताए।
प्रतिक्रिया
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
