अर्जेन्टिनी पत्रकार सोफियासँगको प्रेम सम्बन्धका कारण फुटबल स्टार मेस्सी चर्चामा
![अर्जेन्टिनी पत्रकार सोफियासँगको प्रेम सम्बन्धका कारण फुटबल स्टार मेस्सी चर्चामा](https://www.sheershakhabar.com/wp-content/uploads/2023/11/messi-1.jpg)
काठमाडौं– फुटबल स्टार लियोनल मेस्सी अहिलेको समयका चर्चित ब्यक्ति हुन। उनकी श्रीमती हुन्– एन्टोनेला रोक्कुजो। हाल अमेरिकामा बसोवास गरिरहेका उनीहरुका तीन छोराछोरी छन्।
मेस्सी र रोक्कुजोको जाडीलाई आदर्श जोडी मानिन्छ । रोक्कुजो मेस्सीलाई समर्थन गर्न प्रायः मैदानमा पुगिरहन्छिन्। मेस्सी पनि अवार्ड समारोहलगायत महत्वपूर्ण अवसरमा रोक्कुजो र तीन छोरालाई साथै लिएर जाने गर्छन्।
मेस्सी र रोक्कुजो बाल्यकालदेखिका साथी हुन् र सन् २००८ यता प्रेम सम्बन्धमा रहेर पछि विवाह गरेका हुन। तर, कुनै समय मेस्सीले रोक्कुजोलाई धोका दिएर अन्य युवतीसँग पनि सम्बन्ध बनाएर बसेको कतिपय मिडियाले चर्चा गरेका छन्।
ब्राजिलको एक मिडिया दिरेतो दो मियोलोका अनुसार सोही सम्बन्धका कारण मेस्सी र रोक्कुजोबीचको वैवाहिक सम्बन्ध अप्ठेरोमा परेको थियो। उक्त मिडियाले मेस्सी अर्जेन्टिनी पत्रकार सोफिया मार्टिनेजसँग प्रेम सम्बन्धमा रहेको दाबी गरेको थियो।
तर, रोक्कुजोकी साथी तथा मेस्सीका कुनै समयका सहकर्मी सेस फेब्रिगासकी श्रीमती ड्यानियला सेमानले ब्राजिलियन मिडियाको दाबीलाई झूटो र कपोलकल्पित भएको जिकिर गरेकी छन्। कुनै समय बार्सिलोनामा सँगै खेलेका मेस्सी र फेब्रिगास मिल्ने साथी हुन्। उनीहरु बिदा मनाउन श्रीमती लिएर प्रायः सँगै जाने गरेका छन्।