विवाहको आशमा होटलमा बसेर यौन सम्पर्क, नमानेपछि बलात्कारको उजुरी

काठमाडौं– विवाह गर्ने प्रलोभनमा पारेर २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१३ घर भई हाल बाँकेको कोहलपुर नगरपालिका–११ बस्ने ३२ वर्षीय मानबहादुर पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो।

मगरले ती महिलालाई विवाह गर्ने प्रलोभनमा पारी २३ असोजमा बलात्कार गरेका थिए। पीडितले प्रहरीलाई दिएको बयान अनुसार दाङको राप्ती गाउँपालिका–१, भालुवाङ बजारस्थित रोल्पाली सिर्प जलजला ड्रिमल्याण्ड होटल एण्ड लजमा उनले बलात्कार गरेका थिए।

बलात्कारका क्रममा मगरले यातना समेत दिएको पीडितको भनाई छ। इलाका प्रहरी कार्यालय, भालुवाङले गत शुक्रबार मगरलाई पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट