त्रिशुल लिएर प्रदर्शनमा पुगेका आचार्य श्रीनिवास पक्राउ
काठमाडौं– दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा उग्र अभिब्यक्ति दिएपछि विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्। गेरुवस्त्रमा त्रिसुलसहित पुगको उनले उग्र अभिब्यक्ति दिदै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो।
भिडलाई उग्र बनाएपछि श्रीनिवासलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए। ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईँले धार्मिक अतिवादी समूहहरुलाई समेत बोलाएका थिए। तिनै मध्येका एक हुन– विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास। उनीले पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका छन्।
१२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गरेपछि उनी सुनसरीबाट पक्राउ समेत परेका थिए। श्रीनिवासले २५ चैत २०७४ मा धार्मिक हिंसा भड्काउने उद्देश्यसहित आफैंलाई गोली हान्न लगाएका थिए ।
बिहान २ बजे शौचालय निस्किएका उनीमाथि गोली प्रहार भएको थियो।