रविका प्रियजनमाथि एकमाथि अर्को संकटः दिपक बोहोराविरुद्ध यौन दुर्व्यवहारको आरोप
काठमाडौं– तत्कालिन सांसद ढाकाकुमार श्रेष्ठको ३ करोड घुस प्रकरण सल्टाउन नपाउँदै रास्पपा (राष्ट्रिय स्वतन्त्र पार्टी)का सभापति रवि लामिछानेमाथि अर्को संकट आईलागेको छ।
ढाका प्रकरण सार्वजनिक भएपछि आफू निकट अन्य नेताहरूलाई जोगाउन मोहन थापालाई राजीनामा गराउन सफल भएका लामिछानेका अगाडी केन्द्रीय सदस्य दीपक बोहोरामाथि लागेको यौन दुर्व्यवहारको आरोपले थप संकट उत्पन्न भएको छ।
स्रोतका अनुसार बोहोरोमाथि पार्टीकै एक महिला नेतृले यौन दुर्ब्यवहार गरेको आरोप लगाएकी छिन्। बोहोरामाथि विरुद्ध पार्टी कमिटिमा निवेदननै परेको जनाईएको छ।
तर, त्यो निवेदनबारे पार्टीमा औपचारिक छलफल समेत भएको छैन। निवेदन पार्टीको बागमती प्रदेशमा आएको छ। तर प्रदेश सभापति अच्युतम लामिछानेले निवेदन गुपचुप राखेका जनाईएको छ। यसबारे लामिछाने, पार्टी महामन्त्री मुकुल ढकाल जानकार छन्।
बोहोरा टेलिभिजन कार्यक्रमदेखि नै रविका मुख्य सहयोगी हुन्। उनी बोहोरामाथि लागेको आरोपबारे छानबिन गराउन समेत राजी नदेखिएको कतिपय नेता÷कार्यकर्ताहरु बताउँछन्।
महोत्तरीको जलेश्वरमा सोमबारदेखि जारी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा केन्द्रीय अनुशासन आयोगले समेत ढाकाकुमार र बोहोरा प्रकरण छलफलमा नल्याएको जनाईएको छ।
सम्बन्धित खबर