सुरुङमा फसेका ४१ जना मजदुरको १७ दिनपछि उद्वार

राजविराज– भारतको उत्तराखण्डमा विगत १७ दिनदेखि सुरुङमा फसेका ४१ जना कामदारको सकुशल उद्धार गरिएको छ।
उत्तराखण्ड सरकारले यसको पुष्टि गर्दै उद्धार कार्यको १७औँ दिनमा सबै कामदारलाई सकुशल बाहिर निकालिएको बीबीसीले जनाएको छ। उनीहरु उत्तरकाशीस्थित सिल्क्यराको निर्माणाधीन सुरुङमा फसेका थिए।
बाहिर निकालिएका मजदुरसँग भेटन मुख्यमन्त्री पुष्कर सिंह धामी पुगेका थिए। उनीहरूलाई एम्बुलेन्सबाट सिधै चिनयालीसौरको स्वास्थ्य केन्द्रमा लगिएको छ। त्यहाँ सरकारी चिकित्सकको निगरानीमा उपचार हुने बताइएको छ।
उनीहरु दीपावलीको दिन सुरुङमा फेसको थिए। काम गरिरहेको बेलामा सुरुङ भित्र उनीहरू ६० मिटर लामो पर्खालमा फसेका थिए।
त्यसपछि क्रमशः भग्नावशेष हटाउने काम सुरु भयो। यस प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहयोग लिइएको थियो।
प्रतिक्रिया