अरु महिलालाई हेरेको भन्दै ब्वाईफ्रेण्डको आँखामा रेविजको सुई
काठमाडौं– अरु महिलालाई हेरेको भन्दै एकजना महिलाले आफ्नै ब्वायफ्रेण्डको आँखामा रेबिजमा लगाउने सुईले हानेर घाईते बनाएकी छिन्।
अमेरिकाको फ्लोरिडास्थित मायामीमा गत नोभेम्बर २५ मा यो घटना भएको हो । ४४ वर्षकी सान्ड्रा जिमेनेज र उनका ब्वाईफ्रेण्डबीच घरमा प्रायः झगडा परिरहन्थ्यो । आफ्नो पार्टनरले अरु महिलामाथि आँखा लगाएको कुराले उनी आक्रोशित थिईन।
यसैक्रममा शनिवारको रात झगडाले उग्र रुप लिएपछि सोफामा पल्टिरहेका ब्वाईफ्रेन्डको आँखामा आक्रमण गरेको समाचारमा उल्लेख छ। जिमेनेजले कुकुरलाई रेबिजको खोप लगाउन भनेर ल्याएका दुईवटा सुईले उनको दाहिने आँखामा प्रहार गरेकी थिईन।
रिसको झोँकमा ब्वायफ्रेण्डको आँखामा रेबिजको सुईले आक्रमण गर्दा आँखामा गम्भीर चोट लाग्यो र उनलाई आकस्मिक उपचारका लागि तत्कालै अस्पताल लगियो । ती महिला तत्कालै घटनास्थलबाट फरार भइन् ।
प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई आफ्नै घर बाहिर पार्किङ गरिराखेको कारभित्र सुतिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको छ। उनी विरुद्ध चलेको मुद्दामा अदालतले उनलाई मायामी डेड काउन्टी जेलमा पठाउने आदेश गरेको थियो । तर हाल उनी साडे ७ हजार धरौटी तिरेर घरमै नजरबन्दमा बसेकी छिन् ।
–एजेन्सी