ब्लाष्ट दैनिकका सम्पादक तथा एमालेका प्रदेश सदस्य कार्की राप्रपामा प्रवेश

इटहरी– प्रदेश १ को लोकप्रिय पत्रिका ब्लाष्ट टाईम्स दैनिकका सम्पादक तथा नेकपा एमालेका प्रदेश कमिटी सदस्य किशोर कुमार कार्की राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) मा प्रवेश गरेका छन्।
कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार पार्टी प्रवेश गराएका हुन। उनलाई आजै पार्टीको सदस्यता प्रदान गरिएको छ।
राप्रपा धरानका नेता लक्ष्मण बस्नेतको प्रयासमा कार्की राप्रपामा प्रवेश गरेको जनाईएको छ। केही दिन अघि बस्नेतले पार्टी अध्यक्ष लिङदेनलाई कार्कीको घरमै पुर्याएको जनाईएको छ।
धरान १५ निवासी कार्की ब्लास्ट टाइम्स दैनिकका सम्पादक तथा पूर्वक्षितिज प्रकनशन प्रालिका प्रवन्ध निर्देशक हुन।
पछिल्लो समय नेकपा एमालेमा सकृय राजनीति गरिरहेका उनी ०७९ सालको प्रतिनीधि सभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवार बन्ने तयारीमा थिए। तर, पार्टीले जसपासँग तालमेल गर्दै अशोक राईलाई टिकट दिएपछि उनी असन्तुष्ट थिए।