भीरबाट ट्याक्टर खस्दा चालकसहित दुई जनाको मृत्युु
हेटौडा– मकवानपुरमा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१६ पानीस्वारामा दुर्घटना भएको हो।
मृत्यु हुनेमा ट्याक्टर चालक बाराको निजगढ नगरपालिका–१३ का २६ वर्षीय डिलम थिङ र हेटौंडा १६ का ५६ वर्षीय जितबहादुर थिङ छन्।
पानीस्वारा स्थित कच्ची सडकमा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई भीरबाट खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ट्याक्सर सडकबाट करिव ३०० मिटर तल खसेको थियो।
प्रतिक्रिया