विश्वप्रसिद्ध फुटबलस्टार मेस्सी टाइम म्यागेजिनको वर्ष खेलाडी घोषित

काठमाडौं– विश्वप्रसिद्ध फुटबलस्टार लियोनल मेस्सी टाइम म्यागेजिनको वर्ष खेलाडी घोषित भएका छन्। अर्जेन्टिनाका उनलाई ‘टाइम एथिलिट अफ दि इएर’ अवार्डबाट सम्मान गरिएको हो।

फुटबलमा पाउनुपर्ने सबै उपाधि र उपलब्धि हासिल गरेका मेस्सीले हालै कीर्तिमानी आठौँ पटक बालुन डि’ओर अवार्ड हात पारेका थिए। पीएसजीबाट अमेरिकी क्लब इन्टर मायामीमा अनुबन्ध भएका मेस्सीले हाल अमेरिकी फुटबलमा तरंग पैदा गरेका छन्।

उनका खेलहरू हेर्न हलिउड अभिनेता, अभिनेत्री, संगीतकार तथा धनाढ्य व्यापारीहरू मैदानसम्म पुग्ने गरेका छन्। मेस्सीले सन् २०२२ को विश्वकप उपाधि जितेसँगै उनलाई सर्वकालीन महान फुटबलर पनि भन्न थालिएको छ।

विश्वकपमा सात गोल गरेका मेस्सीले अर्जेन्टिनालाई सन् १९८६ पछि विश्वकपको उपाधि जिताउन सफल भए। विश्वकपमा फ्रान्सविरुद्धको फाइनलसहित उनी पाँचपटक प्लेयर अफ द म्याच घोषित भए। उनी विश्वकपकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

पीएसजी छोडेर अमेरिकी क्लब इन्टर मायामीमा आबद्ध रहेका मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै मायामीलाई पहिलोपटक लिग्स कपको उपाधि जिताउन सफल भए। मेस्सीले लिग्स कपमा १० गोल र एक असिस्ट गरेका थिए।

फुटबलमा उल्लेखनीय योगदान दिएको भन्दै मेस्सीलाई टाइम म्यागेजिनले वर्ष खेलाडीको अवार्डबाट सम्मान गरेको हो। टाइम म्यागेजिन विश्वचर्चित अमेरिकी साप्ताहिक पत्रिका हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट