रुसी सेनामा भर्ना भएका थप एक नेपाली युक्रेनको कब्जामा, ८ नेपाली युद्धभुमीबाटै फरार

काठमाडौं– युक्रेनी सेनाले रुसी सेनामा भर्ती भएका काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाललाई नियन्त्रण लिएको छ।

रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएका ढकाललाई १७ मंसिरमा ‘रेड जोन’बाट नियन्त्रणमा लिइएको हो। ढाललाई नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको छ।

युद्धस्थलमा घाइते भई उपचाररत एक नेपालीले भिडियो पठाइदिएका थिए। भिडियोमा सिद्धार्थले आफू सकुशल भएको बताएका छन्।

सिद्धार्थ ५१ दिन अगाडि बायोटेक्निकल एकेडेमीमा अध्ययन गर्न गएका हुन्। कलेज शुल्क दलालले नतिरिदिएपछि उनी रुसी सेनामा भर्ती भएको जनाईएको छ।

यसअघि २७ असोजदेखि बर्दियाका २३ वर्षीय विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा छन्।

यसैगरी, ८ जना नेपालीले युद्धस्थल छोडेर भागेको रुसी रक्षा मन्त्रालयको दाबी छ। चेतेन्द्र खड्का, युवराज अधिकारी, लालबहादुर विश्वकर्मा, तिलकबहादुर विश्वकर्मा, दीपक खड्का, लक्ष्मण भट्टराई, जगदीश पहाडी, सुशान्तकुमार राहपाल फरार भएको जनाईएको छ।

उनीहरु गत १४ अक्टोबरमा रुस पुगेका थिए भने १७ नोभेम्बरबाट सम्पर्कविहीन छन्। नेपाली दूतावासले उनीहरू सम्पर्कमा नआएको जनाएको छ।

रुसी सेनामा पठाउने गिरोहका १२ जना सार्वजनिक


प्रहरीले नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहका १२ जनालाई पक्रा गरी बुधबार सार्वजनिक गरेको छ। दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी पक्राउ परेका हुन।

उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको राहदानी, भिषा र रकमसमेत बरामद भएको छ। रुसी सेनामा जाने तयारीमा थुप्रै बहालवाला प्रहरी रहेको खुलेको छ। गिरोह सार्वजनिक गर्दै काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीले भने, ‘बहालवाला, पूर्वप्रहरी तथा सेनासम्बन्धी सीप हुने भएकाले उनीहरु रुसी सैनिकमा भर्ना हुन सजिलो हुने गरेको अनुसन्धानमा खुलेको छ ।’

सैनिक हुनका लागि रुस जान चाहनेहरु धेरै भएको खुले पनि को–को भन्ने पत्ता नलागेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट