संसद सचिवालयका उपसचिवले कार्यालयमै महिला अधिकृतको गाला रन्काए
काठमाडौं– संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले अधिकृत सिर्जना तण्डुकारलाई कार्यालयमै झापड हानेका छन्।
स्रोतको अनुसार गत मंगलबार बिहान पौने ११ बजे प्रतिवेदनमा आफ्नो नाम नराखेको भन्दै अधिकृत तण्डुकारको गाला रन्काएका हुन।
गैरेले ‘सम्पूर्ण विवरण शाखाभित्र छिरेर मैले गरेको काम बिगार्ने तैं होइनस्’ भनेर अधिकृत तण्डुकारमाथि एक झापड हानेर निस्कएको एक कर्मचारीले वताए।
आफूमाथि हातपात भएको भन्दै अधिकृत तण्डुकारले उपसभामुख इन्दिरा रानालाई जानकारी गराएकी छिन्।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले यो घटनाबारे आफूले बुझिरहेको बताए। घटनापछि अधिकृत तण्डुकारको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणका क्रममा तण्डुकारमाथि हातपात भएको देखिएको मेडिकल रिपोर्टमा उल्लेख रहेको ती कर्मचारीले बताए।
प्रतिक्रिया
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
