अस्पतालले ज्युँदो मान्छेलाई मृत घोषणा गरेको प्रकरणमा नयाँ खुलासा

विराटनगर– विराटनरको एउटा अस्पतालले मृत घोषणा गरेर १५ घण्टासम्म शवगृहमा राखिएका ब्यक्ति घाट लान खोज्दा जिवितै फेला परेको विषयमा अहिले चर्चामा छ। तर, उक्त घट्ना भने चर्चामा आए जस्तो नभई परिवारले योजनामा झुठो हल्ला फैलाएको पाईएको छ।

विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालमा शनिबार दिउँसो भर्ना भएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई १५ घण्टा शवगृहमा राखेर अन्तिम दाहसंस्कार गर्न घाट लैजान लाग्दा जीवित नै पाइएको भन्दै समाचारहरु प्रकाशित भएका थिए।

तर, अस्पताल प्रशासनले भने उपचाररत सदाको अर्को अस्पतालमा उपचार गराउन परिवारले जिम्मा बुझेर लगेको कागजात समेत सार्वजानिक गरेको छ। बिरामी प्रताप सदाको श्रीमती सीताकुमारी ऋषिदेवले आफैं बिरामी बुझेको देखिएको छ। त्यसपछि अस्पतालबाट आइतबार १२ः५२ मिनेटमा बिरामीलाई अक्सिजन लगाएर बाहिर निकालिएको सीसीटीभी फुटेजमा देखिएको छ।

परिवारले दावी गरे अनुसार शवगृहमा शव नभएर आईसियुबाट अक्सिजन लगाएर विरामी निकालेको फुटेजमा देखिन्छ। अस्पताल व्यवस्थापक गोविन्द लुइँटेलले अस्पतालले प्रताप सदालाई मृत घोषणा नगरेको बताए । ‘हाम्रो अस्पतालको बद्नाम गराउने उद्देश्यले यस्तो भ्रम फिँजाइएको हो। हामीसँग जिवितै पठाएको प्रमाण सबै छ।’

स्थानीयका अनुसार सदाको अहिले इनरुवा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। इनरुवा नगरपालिका ३ का वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले बिरामीका आफन्तको अज्ञानताका कारण बुझाइ गलत हुनपुगेको बताएका छन्। आफूलाई सदा परिवारले ‘प्रतापको मृत्यु भयो, लास निकाल्न पैसा पुगेन’ भनेर फोन गरेको उनले जानकारी दिएका छन्।

अस्पतालले मृत घोषणा गरेको नदेखिएको बिरामीसँगै इनरुवा अस्पतालमा रहेका श्रेष्ठले जानकारी दिएका छन् । प्रतापकी श्रीमति सीताकुमारीले डाक्टरले म-यो भनेर पठाएको बताएपछि उनको मृत्यु भएको हल्ला गाउँमा फैलिएको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट