वकिललाई खाजा खान वोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल गर्ने ३ महिलालाई कैद

काठमाडौं– वकिललाई खाजा खान वोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल गर्ने घोराहीका तीन जना महिलालाई दाङ जिल्ला अदालतले जनहरी डेढ वर्ष कैद र १० हजार जरिवाना गर्ने फैसला गरेको छ।

हनि ट्रयापमा पारेर पैसा असुलेको अभियोगमा १ असोज ०७८ मा पक्राउ परी धरौटीमा छुटेका उनीहरुलाई यस्तो सजाय भएको अदालतका तहसिलदार निरञ्जनबाबु पाण्डेले बताए।

घोराही १५ का ३२ वर्षीया सीतादेवी थापा, खुमा वली र सुष्मा परिवारले कानून व्यवसायीलाई धम्क्याउँदै १ लाख नगद र १७ लाखको चेक बुझेका थिए। प्रहरीका अनुसार उनीहरुले सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेका थिए। अन्तिममा १८ लाखमा कुरा मिलाईएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।

ती महिलाबाट १७ लाखको चेक पनि प्रहरीले बरामद गरेको थियो। उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसूर गरेको अभियोगमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा चलाएको थियो।

उपदफा ३ ख बमोजिम कसैको व्यवसायमा गैरकानूनी तरिकाले कुनै क्षति पुर्याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डरत्रास देखाइ आपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको कानूनी प्रावधान छ।

यस्तो थियो घट्ना
६ असार ०७८ मा दाङको घोराहीमा एक पुरुषलाई सीतादेवी थापाले फोन गरेर ‘मेरो घरायसी विषयको मुद्दा छ, तपाईं कानुनको बारेमा जानेको मान्छे’ भनी सल्लाह गर्न बोलाउँछिन् । त्यसपछि जैसी थरका कानुन ब्यवसायीले घोराही उपमहानगरपालिका–१५ को कोहिनुर रेष्टुरेन्टमा घोराही नगरपालिका–१५ कि थापा र खुमा वलीलाई भेट्छन्।

रेष्टुरेन्टको क्याबिन कोठामा मुद्दाको बारेमा कुराकानी गरेपछि घर फर्किने बेलामा थापा कोठाको खाटमा पल्टिएको र पैसा तिरिसक्दा पनि तल नझरेपछि ती पुरुषले बोलाउन जाँदा गालीगलौच गरेर ‘मेरो इज्जतमा हात हाल्ने अब म छोड्दिन जबर्जस्ती करणीमा मुद्दा हाल्छु’ भनी वादविवाद गर्छिन।

प्रहरीका अनुसार असार ७ गते खुमा वलीले फोन गरी ‘सीतादेवीका ठूलावडा मान्छे छन्, मुद्दा दर्ता गर्ने कुरो गर्दैछिन् के गर्ने, हामी मिलाउँछौं, प्रहरी कार्यालयमा यो कुरा पुग्न दिँदैनौं केही पैसा तपाईंले दिनुपर्छ आउनुस् छलफल गरौं’ भनेर जैसीलाई बोलाउँछन् ।

त्यसपछि उनीहरुले सागर एण्ड सुनील रेष्टुरेन्ट तथा लजमा भेट गर्छन् । ‘त्यस क्रममा उनीहरुले यो कुरा छिटो मिलाउनुप¥यो नत्र प्रहरीमा उजुरी हाल्छौं भनेर डर धाक धम्की दिई ५० लाख रुपैयाँ माग्छन् । त्यति रकम छैन भन्दा मुद्दा नहाली छाड्दै छाड्दैनौं भनेर १ लाख रुपैयाँ र १७ लाख रुपैयाँको चेक लिएको भनी पीडितले प्रहरीमा उजुरी दिएका थिए ।

पीडितको उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खानतलासी गर्दा १७ लाख रुपैयाँको चेक भेटेको थियो भने नगद १ लाख भने ब्याजमा लगाइसकेको पाइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट