अमलेखगञ्जमा बस र ट्रक ठोक्किदा दुवै सवारीका चालकसहित तीन जनाको मृत्यु

बारा– बाराको अमलेखगञ्जमा बस र ट्रक ठोक्किदा दुवै सवारीका चालकसहित तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरीका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैया जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान अमलेखगञ्ज स्थित तीन नम्बर पुल नजिक जुधेका थिए।

घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट