महिलालाई दुर्ब्यवहार गरेको आरोपमा पक्राउ परेका प्रहरी १० हजार धरौटीमा छुटे

धनगढी– आर्थिक लेनदेनका क्रममा एक महिलामाथि अभद्र ब्यवहारको आरोपमा पक्राउ परेका प्रहरी जवान दमनबहादुर विष्ट धरौटीमा छुटेका छन्।
जिल्ला प्रशासन कार्यालय कैलालीले विहिवार विष्टलाई १० हजार धरौटीमा छोडेको हो।
धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा उनलाई प्रहरीले पक्राउ गरेको थियो। बैतडी घर भई डोटीमा कार्यरत विष्टलाई सार्वजनिक मुद्दा अन्तरगत अभद्र व्यवहारमा थुनामा राखिएको थियो।
पीडित महिलाले दिएको जाहेरीका आधारमा उनी बिष्टविरुद्ध महिलाले जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरेको थियो।
प्रतिक्रिया