छोराले कुटेपछि घर छोडेर हिडेकी आमा ढोकै अगाडि मृत भेटिइन
काठमाडौं– दोलखाको कालिन्चोक गाउँपालिका–३ करमथली बस्ने ७८ वर्षीया कृष्णमाया बुढाथोकी आफ्नै घरको ढोकाअगाडि मृत फेला परेकी छिन्।
छोराले कुटपिट गरेपछि घर छोडेर हिँडेकी उनी ढोका अगाडि नै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
प्रहरीका अनुसार १० पुसमा ३५ वर्षीय छोरा दिपकले कृष्णमायाँलाई कुटपिट गरेका थिए। घरायसी विषयमा विवाद हुँदा कुटिएपछि उनी ११ गते घर छाडेर हिँडेकी थिइन्।
तर १३ गते बिहान साढे पाँच बजे आफ्नै घरको ढोकाअगाडि उनको शव भेटिएको थियो। त्यसपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए।
मृतकको बायाँ आँखामुनि निलडाम देखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया