टोल विकाश समितिका अध्यक्षको हत्या गरी कोइलाखानीमा शव, ३ जना भारतमा पक्राउ

दाङ– दाङको घोराही उपमहानगरपालिका–६, अघराका ४५ शिवराज केसीको हत्या गरी बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा शव लुकाएर भागेका तीन जनालाई भारतमा पक्राउ गरिएको छ।

घोराही – ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका केसीको शुक्रबार बंगलाचुली गाउँपालिका–४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा शब भेटिएको थियो। घटनाको अनुसन्धानमा क्रममा उनको हत्या भएको पाईएको थियो। हत्यामा संलग्न तीन जना पक्राउ परेका छन्।

स्रोतका अनुसार केसीको हत्या गरी कोइलाखानीको सुरूङ मार्गमा लुकाएर ति तीन व्यक्तिहरू भारत भागेका थिए। उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको छ। घटनामा संलग्न अर्का एक व्यक्ति फरार रहेको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार लेनदेनका कारण केसीको हत्या गरिएको खुलेको छ। केसीको छातीलगायत शरीरका अन्य भागमा चोटपटक देखिएको छ।

केसी पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए। उनको शव शुक्रबार कोइला खानीको करिब ५० मिटर सुरुङ भित्र फेला परेको थियो। पक्राउ परेकाहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट