नेपाली सेनाको जागिर छोडेर रसियन सेनामा भर्ना भएका स्याङ्जाका हरि युक्रेनसँगको युद्धमा मारिए
काठमाडौं– नेपाली सेनाको जागिर छोडेर रसियन सेनामा भर्ना भएका स्याङ्जाको वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्याल युक्रेनसँगको युद्धमा मारिएका छन्।
२९ नोभेम्बरमा भएको युक्रेनसँगको युद्धका क्रममा अर्यालको मृत्यु भएको जनाईएको छ। वालिङ १४ का वडाअध्यक्ष राजु कुँवरले परराष्ट्र मन्त्रालयले आफूलाई उनको मृत्युको वारेमा जानकारी दिएको बताए।
‘हरि अर्यालयको युक्रेनसँगको युद्धमा ज्यान गएको खबर दूतावासले दियो’ उनले भने–‘फोनमार्फत जानकारी आएको हो, लिखित पत्र पनि ईमेलमा पठाउने भनेको छ।’
कुवँरका अनुसार अर्यालय २९ नोभेम्बरदेखि बेपत्ता थिए। त्यसबेलादेखि नै उनको मृत्यु भएको हुन सक्ने आशंका गाउँलेले गरेका थिए। अर्याल यसअघि नेपाली सेनामा कार्यरत थिए। तीन वर्ष सेनामा काम गरेका उनी राजीनामा दिएर रसियातिर लागेका थिए।
गत ३ कात्तिक ३ मा दुबई हुँदै रसिया पुगेका थिए अर्यान रसियन सेनामा भर्ना भएको खबर परिवारलाई आएको थियो।