जापानको हानेडा एयरपोर्टमा दुई जहाज ठोक्किदा ३७९ जना यात्रु वोकेको जहाजमा आगो लाग्यो

काठमाडौं– जापानको राजधानी टोक्योको हानेडा एयरपोर्टमा ३७९ जना यात्रु वोकेको जहाजमा आगो लागेको छ। अवतरणअघि कोस्ट गार्डको अर्को जहाजसँग ठोक्किएपछि उक्त जहाज आगलागि भएको जनाईएको छ।

जापानी समाचार एजेन्सी क्योडोका अनुसार उक्त दुर्घटनाका क्रममा भएको मानवीय क्षतिको विवरण आइसकेको छैन। जापान एयरलाइन्सका एक प्रवक्ताका अनुसार होकाइडोको शिन–चितोसे एयरपोर्टबाट गएको उक्त जहाजमा १२ जना चालक दलका सदस्यसहित ३७९ जना थिए।

ती सबै यात्रुलाई जहाजबाट निकालिएको छ। जापानको यातायात मन्त्रालयले घटनाको जाँच भइरहेको जनाएको छ। जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले सार्वजनिक गरेको एक भिडिओमा उक्त जहाज रनवेमा अर्को जहाजसँग ठक्कर खाँदै अघि बढेको देख्न सकिन्छ। त्यसपछि दुवै जहाजमा आगो लागेको छ।

रोयटर्सले जापानी कोस्ट गार्डलाई उद्धृत गर्दै जनाएअनुसार अहिले यस घटनाको जाँच चलिरहेको छ। जेएएल ५१६ उडान नम्बरको विमान होकाइदोबाट उडेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट