अदालतभित्रै न्यायाधीशमाथि बाँदरको स्टाईलमा हमला

वाशिङ्टन– अमेरिकाको एउटा अदालतमा एक पुरुषले महिला न्यायाधीशमाथि आक्रमण गरेका छन्। नाभेदाको क्लार्क काउन्टी डिस्ट्रिक्ट अदालतमा बुधवार न्यायाधीशले आरोपीलाई जेल सजाय सुनाउँदै गर्दा यो घटना भएको हो।

प्रतिवादी डियओब्रा डेलोन रेडनले उफ्रिएर न्यायाधीश मेरी के होलथसमाथि हमला गरेको सेक्युरिटी फुटेजले देखाएको छ। अघिल्लो सुनवाईमा रेडनमाथि लगाइएका अभियोगहरुमा उनी दोषी भेटिएका थिए। उनीमाथि यसअघि लागेका अभियोग र उनको आपराधिक इतिहासका कारण आफूलाई रिहा गरिदिन रेडनले गरेको अनुरोध होलथसले अस्वीकार गरेको पनि फुटेजमा देखिएको छ।

योलगत्तै रिसले चुर भएका रेडनले उफ्रिएर न्यायाधीशमाथि आक्रमण गरे। चार जना पुरुषले आक्रमण रोक्ने प्रयास गरेपनि प्रयास विफल भयो। रेडनले बारम्बार होलथसको मुखमा मुक्का हाने। होलथसलाई केही चोट लागेको बताइएको छ। चोट कति गहिरो छ भन्ने चाँहि थाहा भइसकेको छैन। उनी अहिले अस्पतालमा भर्ना छिन्। रेडनमाथि अब थप अभियोगहरू चलाइने भएको छ।
– एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट