कानून उल्लंघन गर्ने इरानी महिलालाई ७४ कोर्रा

काठमाडौं– सरिया कानुन उलंघन गरेको आरोपमा एक इरानी महिलालाई ७४ कोर्राको सजाय भएको छ। ‘सार्वजनिक नैतिकताको उल्लङ्घन’ गरेको उनीमाथि आरोप छ।

खासमा उनलाई टाउको नढाकेकामा जरिवाना लगाइएको हो। त्यहाँको अदालते भनेको छ– ‘दोषी रोया हेशमतीले तेहरानमा व्यस्त सार्वजनिक स्थानहरूमा अपमानजनक तरिकाले उपस्थित भएर उदारतालाई प्रश्रय दिएकी छन।

सन् १९७९ को इस्लामिक क्रान्तिको लगत्तैदेखि इरानमा सबै महिलाहरूका लागि आफ्नो गर्धन र टाउको ढाक्न कानूनले अनिवार्य गरेको छ। इरानमा ड्रेस कोडको उल्लङ्घनमा कोर्रा हान्नु असामान्य छन्।

यद्यपि सन् २०२२ को अन्त्यमा सुरु भएको सरकारविरोधी प्रदर्शनका क्रममा उल्लङ्घनको अभ्यास बढेपछि अधिकारीहरूले नियमको अवहेलना गर्नेमाथि कडा कारबाही गरेका छन्।

विरोध प्रदर्शनहरू सन् २०२२ सेप्टेम्बरमा महिलाहरूका लागि इस्लामिक गणतन्त्र इरानको कठोर ड्रेस कोडको कथित उल्लङ्घनको आरोपमा पक्राउ परेकी २२ वर्षीया इरानी कुर्द महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको थियो।

विरोध प्रदर्शनका क्रममा महिला प्रदर्शनकारीहरूले आफ्नो टाउकोबाट स्कार्फ उतारेर जलाइदिएका थिए। अन्य महिलाहरूले पनि ड्रेस कोडको उल्लङ्घन सुरु गर्न थाले। त्यसपछि कारबाही सुरु गरियो।

इरानी अधिकारीहरूले उल्लङ्घनमाथि निगरानी गर्न सार्वजनिक स्थानहरूमा निगरानी क्यामेरा लगाएका छन् र नियमको उल्लङ्घन गर्ने व्यवसायहरू बन्द गरिदिएका छन्। इरानको संसद्ले ड्रेस कोडको उल्लङ्घन गर्नेलाई कडा सजाय दिने विधेयकमाथि पनि छलफल गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट