रुसी सेनामा भर्ति हुने विदेशीका परिवारलाई नै नागरिक्ता दिने पुटिनको घोषणा, नेपाललाई चुनौती

काठमाडौं– रुस युक्रेन युद्ध कयौं नेपाली सामेल छन्। वेरोजगारीका कारण विरक्तिएर देश छोडेका युवाहरु रुस र युक्रेन दुवैतर्फको सेनामा भर्ना भएर एक आपसमा लडाई गरिरहेका छन् लडाईका क्रममा धेरैको मृत्यु भएको समाचार पनि आईरहेका छन्।

गैर कानुनी रुपमा त्यहाँ पुगेर सेनामा भर्ति हुने क्रम बढेपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। कतिपय एजेन्टहरु पक्राउ परेका छन् भने गैरकानुनी रुपमा रुस र युक्रेन पठाउन सहयोग गरेको आरोपमा विमानस्थल र अध्यागमनका कतिपय कर्मचारी समेत पक्राउ पर्ने क्रम जारी छ।

तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पछिल्लो आदेशले नेपालीहरु त्यहाँ जान रोकिने भन्दा पनि उनीहरुलाई अझ प्रोत्साहन मिलेको छ। युक्रेनमा ‘विशेष सैन्य अपरेसन’ जारी राखेका पुटिनले १९ पुसमा आदेश जारी गर्दै रुसका निम्ति लड्ने विदेशी नागरिक र उसका परिवारलाई नै त्यहाँको नागरिकता तथा पासपोर्ट दिने घोषणा गरेका छन्।

पुटिनले रुसी सेनामा भर्ती हुने विदेशी नागरिक, उसको श्रीमती, छोराछोरी र बाबुआमालाई त्यहाँको नागरिकता प्रदान गर्न अनुमति दिएका हुन्। रुसी सेनामा भर्ती हुनेले कम्तीमा एक वर्षका निम्ति सेनामा रहने सम्झौता गरेको खण्डमा ऊ र उसको परिवारका सदस्यलाई सुरुमै त्यहाँको नागरिकता प्रदान गरिने र रुस आउन दिने नयाँ घोषणामा उल्लेख गरिएको अन्तर्राष्ट्रिय न्युज एजेन्सीले जनाएका छन्।

रुसी सेनामा भर्ती हुने विदेशी नागरिक र उसको परिवारका सदस्यले आवेदन दिएपछि नागरिकता र पासपोर्टको प्रक्रिया सुरु हुने र एक महिना भित्र टुङ्गो लाग्ने जनाइएको छ। नेपालले त्यहाँको सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुसलाई भनिरहेका बेला पुटिनको यस्तो आदेशले नेपालमाथि थप चुनौती थपिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट