तनहुँमा जिप दुर्घटना हुँदा २ जनाको घट्नास्थलमै मृत्यु

काठमाडौं– पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप तनहुँको भिमादमा दुर्घटना हुदाँ दुई यात्रुको घटनास्थलमै मृत्यु भएको छ। चालकसहित १० जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये ९ जना सिकिस्त छन्। घाइतेहरूको जिपि कोइराला स्वासप्रश्वास अस्पताल पोखरामा उपचार भइरहेको छ।

प्रहरीका अनुसार ग १ ज ६३५६ नम्बरको जिप बरालथुम्कीमा बिहान दुर्घटना भएको हो। जिप सडकबाट करिब ३ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय भिमादका इन्चार्ज प्रहरी निरीक्षक उदयराज पौडेलले वताए।

अर्को गाडीलाई साइड दिने क्रममा जिप सडकबाट तल खसेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट