६ वर्षिया बालिका बलात्कारको आरोपमा १५ वर्षीय आफन्त किशोर पक्राउ

काठमाण्डौं— आफन्त पर्ने ६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा सल्यानमा एक १५ वर्षीय किशोर पक्राउ परेका छन्।
शारदा नगरपालिका–६ सापमाराकी बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ परेका हुन। किशोरले बालिकालाई पुस ७ गते आफ्नै घरमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ।
बालिकाका आफन्तले जाहेरी दिएपछि किशोरलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नविन कार्कीले बताए। किशोरलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। आइतबार नै जिल्ला अदालत सल्यानबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको कार्कीले वताए।
सल्यानमा चालु आर्थिक वर्षको पाँच महिनामै १४ जनामाथि बलात्कार भएको छ भने २ जना माथि बलात्कारको प्रयास भएको डिएसपी कार्कीले बताए।
प्रतिक्रिया