१३ वर्षिया बालिका मामा घरमा बलात्कृत, भीडीओ पुग्यो प्रहरी कार्यालय
महोत्तरी — मामाघरमा वस्दै आएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गौशाला नगरपालिका–१२ का ४५ वर्षीय उपेन्द्रसिंह कुशवाहालाई इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरेको हो।
२१ पुसको राती करिब साढे ८ बजे सुतिरहेको अवस्थामा ललाइफकाइ गरेर सामूहिक बलात्कार गरेको आरोपमा उपेन्द्र सिंह कुशवाहालाई पक्राउ गरिएको इन्स्पेक्टर मनोज यादवले बताए।
सामूहिक बलात्कार गरेको भन्दै पीडित परिवारले आइतबार साँझ इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दिएको छ। सोही जाहेरी दरखास्तका आधारमा कुशवाहालाई पक्राउ गरिएको उनले वताए।
फरार रहेका अन्य प्रतिवादीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। सुतिरहेकी बालिकालाई बलात्कार गरेको दृश्य मोबाइलमा कैद भएको भिडियोसहित पीडित परिवारले जाहेरीसँग दिएको इन्स्पेक्टर यादवले बताए।