भारतीय क्रिकेट टोलीका पूर्वकप्तान धोनीविरुद्ध मानहानीको मुद्दा

काठमाडौं– भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीविरुद्ध अदालतमा मानहानीको मुद्दा दायर भएको छ।
धोनीका व्यापारी पार्टनरले मानहानिको मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। धोनी विरुद्धको मुद्दा दिल्ली उच्च अदालतमा दर्ता भएको जनाइएको छ।
धोनीका पूर्वव्यापार साझेदार मिहिर दिवाकर र सौम्य दासले मानहानिको मुद्दा दायर गरेको बताइएको छ । धोनी विरुद्धको मुद्दामा आज सुनुवाई हुने बताइएको छ।
प्रतिक्रिया