बालिका घरमै असुरक्षितः कर्णालीमा ५ वर्षभित्र ६८ बालिकामाथि आफन्तबाटै बलात्कार
काठमाण्डौं– पश्चिम सुर्खेतको पन्चपुरी नगरपालिका–६ मा केही दिन अघि अनौठो घट्ना घट्यो। जुन घट्ना सामान्य मानिसले कल्पना गर्नसक्ने भन्दा विभत्स थियो।
सार्वजनिक भएको घट्नामा ४५ वर्षिय बाबुले १९ वर्षीया आफनै छोरीलाई बलात्कार गरे। बाबुबाट बहिनी बलात्कृत भएको थाहा पाएपछि दाईले प्रहरीमा उजुरी दिए। आफु विरुद्ध उजुरी दिएको थाहा पाएपछि बाबुले २१ वषिय छोराको पनि निमर्मतापूर्वक हत्या गरे।
किशोरी आमाको मृत्युपछि मामाघरमा बस्दै आएकी थिइन्। रोजगारीका लागि भारतमा रहेका बाबु २७ असोजमा फर्किएर छोरीलाई भेट्न बोलाए। बाबु भेट्न आएकी किशोरी सोही राती बलात्कृत भएको खुलेको छ।
बाबुले बलात्कार गरेको विषयमा किशोरीले आफनो दाईलाई जानकारी दिईन। बलात्कारी बाबु बिरुद्ध ति युवकले १५ कात्तिकमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। छोरी बलात्कार गरेर फेरि भारत पुगेका बाबु छोराले जाहेरी दिएको थाहा पाएपछि जनवरीको १२ र १३ तारिख (पुस २७ र २८ गते) आरोपित भारतबाट नेपालमा आएको खुलेको छ।
उनी १४ तारिखमा नेपाल आई १५ तारिखको राति छोराको हत्या गरेर भागेको प्रहरीले जनाएको छ। छोराको हत्या गरेर फरार भएका उनलाई प्रहरीले ४ माघमा कैलालीको टिकापुरबाट पक्राउ गरेको छ।
बलात्कारका यस्ता विभत्स घटना सुर्खेतमा मात्रै होइन, कर्णालीका अन्य जिल्लाहरुमा पनि बढ्दो क्रममा छन्। इन्सेक कर्णाली प्रदेशका अनुसार सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म ८ बालिका बाबुबाटै बलात्कृत भएका छन् भने २ जना एकाघरका काकाबाट बलात्कृत भएका छन्।
प्रदेश संयोजक नारायण सुवेदीले पछिल्लो समयमा आफन्त र हाडनाताभित्रैबाट भएका विभत्स किसिमका बलात्कारका घटनाहरु समेत बढ्दो रहेको बताए। प्रहरीको तथ्यांकले पनि यस्ता घट्ना तिव्र रुपमा वढि रहेको देखाउँछ।
प्रहरीका अनुसार कर्णालीमा ५ वर्षभित्र ६८ जना बालिका आफन्तबाटै बलात्कृत भएका छन्। त्यसमध्ये २३ जना बाबुबाट, १३ जना दाजुभाईबाट र बाँकी एकाघरकै अन्य सदस्यबाट बलात्कृत भएको उजुरी प्रहरीमा परेको छ। प्रहरीसम्म आईनपुगेका अन्य कयौ यस्ता घटना हुनसक्ने मानवअधिकारकर्मीहरु वताउँछन्।
प्रदेश प्रहरी प्रवक्ता एसएसपी बीरबहादुर वलीले चेतना र मदिरा सेवनका कारण यस्ता घटना बढ्दै गएको बताए। ‘समाज आपराधिक मनोवृत्तितिर बढेको छ,’ उनी भन्छन्, ‘घरमा सुरक्षित नभएका छोरीहरु अन्त के आश गर्ने ?’
समाजमा आफन्तबाट बलात्कारका घटना बढ्दै जाँदा समाजमा आपसी मित्रता भाइचाराको सम्बन्धमा समेत विश्वासको कमी हुँदै गएको वलीको भनाइ छ।
र, यो पनि