छोरीको बलात्कार र छोराको हत्या गरेको आरोप लागेका बुबा टिकापुरबाट पक्राउ

सुर्खेत– पश्चिम सुर्खेतको पञ्चपुरीमा छोरीको बलात्कार र छोराको हत्या आरोप लागेका बुबा पक्राउ परेका छन्। उनलाई बिहीबार बिहान टीकापुर–१, लम्कीबाट प्रहरीले पक्राउ गरेको हो।

भाग्दै गरेका आरोपी मोबाइल लोकेसनका आधारमा टीकापुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ। उनलाई टीकापुर प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर कृष्णबहादुर खड्काले जानकारी दिए।

उनी लम्कीपुरमासाढुदाइको घरमा बसिरहेका थिए। त्यहीँबाट भारतर्फ जाने तयारी गरिरहेका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो।

मङ्गलबार बिहान १ बजेतिर उनले बन्चरो प्रहार गरी छोराको हत्या गरेको भन्दै मृतकका भाइले आफनै बुवाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका थिए।

बुबाले बहिनीको बलात्कार गरेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ परेका ब्यक्तिले २१ वर्षीय छोराको बन्चरोले हानेर हत्या गरेको खुलेको छ।

उनकी बहिनी (बलात्कृत किशोरी) घाइते अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार उनीहरूका बाबु भारतमा बस्दै आएका थिए। घरमा दाजुबहिनी मात्र बस्थे। गत असोजमा भारतबाट घर आएका बुवाले मामाघर गएकी छोरीमाथि बोलाएर बलात्कार गरेको आरोप छ। प्रहरीमा जाहेरी परेपछि बाबु भारत भागेका थिए।

र, यो पनि

छोरी बलात्कार गरेको घट्ना प्रहरी समक्ष पुर्यापछि २१ वर्षिय छोराको बन्चरोले हानेर हत्या


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट