हजुरआमासँग स्वास्थ्य चौकी गएकी बालिका अहेवबाटै बलात्कृत

दिक्तेल– खोटाङमा अभिभावकसँग स्वास्थ्य चौकी पुगेकी एक बालिकालाई त्यही काम गर्ने अहेवले बलात्कार गरेका छन्। अहेवलाई प्रहरीले पक्राउ गरेको छ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बराहापोखरी गाउँपालिका–२ सुन्तलेका अहेव २२ वर्षीय सन्तोष मगर पक्राउ परेको प्रहरीले जनाएको छ। उनी स्थानीय स्वास्थ्य चौकीका करारका अहेव हुन्।

गत २९ पुसमा हजुरआमाको उपचारका लागि स्वास्थ्य चौकी गएका बेला मगरले एकान्तमा बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

डीएसपी पुरुषोत्तम खड्काका अनुसार मगरलाई ११ माघमा पक्राउ गरिएको हो। उनलाई जिल्ला अदालतमा उपस्थित गराई अनुशन्धानका लागि ५ दिनको म्याद लिईएको खड्काले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट